काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।
सोमबार बिहान ११ बजे बस्ने केन्द्रीय समितिको बैठक बस्ने भएको हो । साथै आज सोमबार दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने रास्वपाका एक नेताले बताए ।
उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएपछिको पहिलो पटक सोमबार बैठक बस्न लागेको हो । संसदीय दलको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गर्ने एजेण्डा रहेको छ ।
रास्वपा संसदीय दलको नेता रहेका डोलप्रसाद अर्यालले यस अघि नै संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। रास्वपाले आज बस्ने बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय लिन सक्ने ति नेताले बताए ।
प्रधानमन्त्री दाहालले रास्वपा सभापति लामिछानेलाई जसरी पनि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सभापति लामिछानेले नेकपा एमाले गठबन्धन भएको बेला पाएका मन्त्रालयहरु नै पाउनुपर्ने सर्त राखेका छन् ।