• बैशाख २७ २०८३, आईतवार

काँग्रेस नेता चन्द्र भण्डारी आज नेपाल फर्किँदै,बाँकी उपचार भण्डारीले स्वदेशमै गर्ने

बैशाख १७ २०८०, आईतवार

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारी आज स्वदेश फर्किने भएका छन् ।

भारतको मुम्बई स्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार स्वदेश फर्किन लागेका हुन् ।

नेपाल वायुसेवा निगमको मुम्बई-काठमाडौँ नियमित उडानबाट भण्डारी स्वदेश फर्किन लागेका उनको सचिवालयले जनाएको छ ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमै गर्ने छन् ।