काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद भवनमा आज दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
