• जेष्ठ १३ २०८३, बुधबार

आजको मौसम:पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षा

बैशाख १४ २०८०, बिहीबार

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू(भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।