• बैशाख २७ २०८३, आईतवार

चितवन–२ बाट रवि लामिछाने भारी मतान्तरसहित निर्वाचित

बैशाख १२ २०८०, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएका छन्  ।

यसअघि मंसिर ४ को निर्वाचनमा ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुनुभएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ दोस्रो पटक निर्वाचित भएका हुन् ।
केही बेर अघि सम्पन्न मतगणना अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित हुनु भएको हो । उनले आफ्नै रेकर्ड ब्रेक गरेका छन् ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरेका छान् । उनीहरूबीच ४२ हजार ९ सय ६२ मत अन्तर रहेको छ ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

आइतबार सम्पन्न निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो ।