• बैशाख २७ २०८३, आईतवार

चितवन-२ अपडेट : कसले कति मत पाए ?

बैशाख १२ २०८०, मंगलवार

काठमाडौं । चितवन–२ मा रास्वपाका रवि लामिछानेले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।

कूल ७८ हजार २७७ मत खसेको चितवन–२ मा ७० हजार २३९ मत गणना हुँदा लामिछानेले ५० हजार ७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन् ।

त्यसैगरी एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् ।