• जेष्ठ १३ २०८३, बुधबार

नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको दूतमा मिरुना मगर नियुक्ती

बैशाख १२ २०८०, मंगलवार

काठमाडौं। नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलले अभिनेत्री मिरुना मगरलाई यस वर्षको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपालस्थित युरोपियन युनियनको कार्यालयले यसबारे जानकारी दिंदै ‘कबड्डी ४’ र ‘जारी’ फेम्ड अभिनेत्रीलाई दूत नियुक्त गरेको जनाएको हो ।

यसपटक तीन ठाउँमा फेस्टिभल आयोजना हुँदैछ । २८ देखि ३० अप्रिलसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, मे ३ देखि ५ सम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र मे १२ देखि १५ सम्म काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा फेस्टिभल आयोजना हुनेछ ।

सबैका लागि मानवअधिकार मनाउने भन्ने मूल नाराका साथ सन् २०२३को मानवअधिकारको विश्वव्यापी घोषणाको ७५ औं वार्षिकोत्सव मनाइदै छ । यस वर्षको संस्करणमा आठ युरोपेली र आठ नेपाली छोटा फिल्म देखाइने जनाइएको छ ।