• जेष्ठ १३ २०८३, बुधबार

फ्लाइ दुबईको जहाजमा चरा न्ठोक्किएको पुष्टि

बैशाख १२ २०८०, मंगलवार

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ ।

विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको प्राधिकरणले जनाएको छ ।

यसअघि फ्लाइ दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो । प्राधिरकणले मंगलबार यसको पुष्टि हुन नसकेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबार मरेको चरा विमानस्थल, धावनमार्ग र यसको आसपास भेटिएको छैन । एउटा भगेरो मृत भेटिएको र सो भगेरा केही दिन अगाडि मरेर सुकिसकेको अवस्थामा रहेको उनले बताए । ‘यो हिजोको घटनाका कारण मरेको होइन’, उनले भने ।