काठमाडौँ । सर्वोच्च अदालतले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन आदेश दिएपछि काठमाडौँ महानगरपालिकाले सोमबार फोहोर उठाएको छ ।
सर्वोच्चको पत्र महानगरमा पुगेपछि सोमबार साँझ फोहोर उठेको हो । यसअघि नगर प्रमुख बालेन शाहले आफ्ना मागहरु पूरा नहुँदासम्म सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउने अडान लिएका थिए ।
सरकारले ती स्थानको फोहोर उठाउन भनेपनि मेयर शाहले मानेका थिएनन् । तर पछिल्लो पटक अदालत प्रयोग गरेर फोहोर उठाउन आदेश लगाएपछि प्रमुख शाह फोहोर उठाउन बाध्य भएका छन् ।