• बैशाख २७ २०८३, आईतवार

बारा-२ मा उपेन्द्र यादवले अग्रता बढाए, पछ्याउँदै जनमतका कुशवाहा

बैशाख ११ २०८०, सोमबार

काठमाडौं । बारा- २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्। निकटतम प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग उनले मतान्तर बढाएका हुन्।

यादवले २ हजार ६०० मत पाएका छन्। उनलाई कुशवाहाले २ हजार ६७ मतसहित पछ्याइरहेका छन्।

यसैगरी एमालेका पुरुषोत्तम पौडेलले ८ सय ६१ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३०३ मत ल्याएका छन्।