• बैशाख २७ २०८३, आईतवार

तनहुँ-१ अपडेट : रास्वपाको अग्रता कायमै

बैशाख ११ २०८०, सोमबार

तनहुँ । १ प्रतिनिधि सभा उपनिर्वाचनको मतगणना जारी छ। जारी मतगणनाअनुसार ३७ हजार आठ सय ४१ मतगणना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्लेले १९ हजार दुई सय ४९ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार दुई सय ७९ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले छ हजार एक सय ५२ मत ल्याएका छन्।

गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। कुल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ। ४२ वटामध्ये हालसम्म २६ वडाको मतगणना सकिएको छ।