• बैशाख २७ २०८३, आईतवार

तनहुँ-१ : सर्वेन्द्र ७ हजार, भट्टराई ५ हजार मतान्तरले पछाडि

बैशाख ११ २०८०, सोमबार

तनहुँ, ११ बैशाख । तनहुँमा जारी मतगणनामा एमालेका सर्वेन्द्र खनाल झन्डै ७ हजार मतले पछि परेका छन् ।

१६ हजार ३४२ मतगणना सम्पन्न हुँदा खनाल रास्वपाका स्वर्णिम वाग्ले भन्दा झन्डै ७ हजार मतले पछि परेका हुन् ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् ।

यसैगरी कांग्रेसका गोविन्द भट्टराई ५ हजार ३ सय ९५ मतले पछि परेका छन् ।

बिहान ११ बजेसम्म भएको मतगणनामा भट्टराईले ३ हजार ८०३ मत मात्रै प्राप्त गरेका छन् ।