काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेको छ । एम्बुलेन्समार्फत ९ जनालाई उद्दार गरेर अस्पतालतर्फ पठाइएको पाल्पाका प्रहरी उपरिक्षक हेरम्ब शर्माले जानकारी दिए । घटनाको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकि छ ।