• बैशाख २७ २०८३, आईतवार

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई माओवादीले समर्थन दिन नसक्ने

बैशाख ९ २०८०, शनिबार

काठमाडौं । गण्डकी प्रदेशका माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रस्ताव राखेका छन् । त्यसक्रममा उनले माओवादीलाई आफैले बनाएको सरकार जोगाउन आग्रह गरेका थिए ।

छलफलमा भाग लिँदै माओवादी संसदीय दलका नेता चुमानले आफ्नो दलले समर्थन फिर्ता लिएरै यो अवस्थामा आइपुगेकाले समर्थन गर्न नसक्ने बताए । उनले भने, ‘मुख्यमन्त्रीजीले जो प्रस्ताव राख्नु भएको छ, हामीले समर्थन दिनसक्ने भएन ।’

उनले यो विवादको उत्पत्ति प्रदेशमा नभई संघमा भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच सहकार्य हुनुपर्ने भएपनि त्यसो नभएको उनले बताए ।