• जेष्ठ १३ २०८३, बुधबार

निलम गुरुङ बनिन् पहिलो ‘द पोयट आइडल’

बैशाख ९ २०८०, शनिबार

काठमाडौं। रियालिटी शो ‘द पोयट आइडल’ को उपाधि निलम गुरुङले जितेकी छन् । शुक्रबार भएको फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै निलमले पहिलो ‘द पोयट आइडल’ को उपाधि जितेकी हुन् ।

उपाधिसँगै सिक्किमकी उनले १० लाख प्राप्त गरेकी छन् । पल्लविव, नाथन रायान र मिल्सन राई फाइनलिष्ट थिए । अमन प्रताप अधिकारीले निर्देशन गरेको शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त निर्णायकको भूमिकामा थिए ।