काठमाडौं। काठमाडौँको राजधानी टोखामा भिषण आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ टोखा नगरपालिका–३ ढलमलस्थित घरको सिँढीमा सुतिरहेको अवस्थामा गएराति करिब १२ः३० बजे आगलागीमा परी घाइते भएका एक पुरुषको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
मृत्तकको पहिचान र आगलागीका कारण नखुलेको तथा यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।