• बैशाख २७ २०८३, आईतवार

अध्यक्षका प्रत्यसी मुकुन्द महर्जनले बहिस्कार गरे नेपाल मदिरा व्यवसायी महासंघको महाधिवेशन

बैशाख ९ २०८०, शनिबार

काठमाडौं। नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्षका प्रत्यासी मुकुन्द महर्जनले १२औं महाधिवेशन बहिस्कार गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै आज हुने महासंघको महाधिवेशन बहिस्कार गरेका हुन् ।

विभिन्न बुँदामा महासंघको विकृति विसंगतीहरु औँल्याउँदै उनले अन्य प्रतिनिधिहरुलाई पनि महाधिवेशन बहिस्कार गर्न अनुरोध गरेका छन् ।

उनले सम्पूर्ण विकृति विसंगतीहरुको विरुद्धमा आवाज उठाउँदै सरोकारवाला पक्षको गम्भिर ध्यानाकर्षण गराउने मुख्य भूमिका रहेकाले निर्वाचनमा भाग लिन औचित्य भएको बताए ।
उनले निर्वाचन प्रकृया पूर्ण रुपमा स्थगित गरि स्वच्छ र सही ढगवाट सम्पन्न गर्न काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन समेत पेश गरेको बताए ।
तर सो निवेदन उपर हाल सम्म कुनै पनि कारवाही नभएका कारण वाध्य भएर यस पत्रकार सम्मेलन मार्फत आम मदिरा व्यवसायी तथा महाधिवेशन प्रतिनिधीहरु समक्ष निर्वाचन प्रकृया बहिस्कार गरेको उनले विज्ञप्तिमार्फत बताएका छन् ।

सम्पूर्ण मदिरा व्यवसायीहरुको एक मात्र छाता संगठन नेपाल मदिरा व्यवसायी महासंघको १७औँ वार्षिक साधारण सभा तथा १२औँ महाधिवेशनको आज काठमाडौंमा हुँदैछ ।