• जेष्ठ १३ २०८३, बुधबार

३ वर्षदेखि निर्माण गर्ने भनिएको जेष्ठ नागरिक आवास क्षेत्र अझै अपुरो

बैशाख ८ २०८०, शुक्रबार

काठमाडौँ । काठमाडौँको गोठाटारमा अस्पतालको सुविधा सहित ५ सय क्षमताको जेष्ठ नागरिक आवास निर्माण गर्ने योजना अझै अपुरो रहेको छ । बजेट वक्तव्य कार्यान्वयन नीति, २०७७ कार्यान्वयन योजना तयार गरेता पनि यो योजना अझै कार्यान्वयन हुन सकेको छैन ।

त्यसैगरी महिला उद्यमशीलता विकास सहजीकरण केन्द्र स्थापना गर्न १०० स्थानीय तहलाई बजेट तथा कार्यक्रम हस्तान्त्रण गररिएकोमा ४५ स्थानीय तहमा मात्र उक्त कार्यक्रम संचानमा रहेको छ । ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका १६९ जना गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेनाको सहायतामा उद्धार गरिएको विवरण प्राप्त भएको छ ।

सरकारी अनुदानबाट सञ्चालित निकायको कार्यकारी तहमा न्यूनतम ३३ प्रतिसत महिला सहभागिता गर्ने नीति तयार भएता पनि अहिले कार्यान्वयन हुन सकेको छैन । यस्तै अन्य विभिन्न नीति नियम अझै कार्यान्वयन हुन सकेका छैनन् ।

बजेट वक्तव्यमा समावेश कार्यक्रम कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।