• बैशाख २७ २०८३, आईतवार

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै रास्वपाले दियो प्रचण्डविरुद्ध उजुरी

बैशाख ७ २०८०, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्न माग गर्दै तनहुँ–१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले उजुरी दिएका हुन् ।

गठबन्धनको उमेदवारको प्रचारप्रसारमा बाहलवाला प्रधानमन्त्री हेलिकोप्टरमार्फत् गएर उमेदवारले जिते मन्त्री बनाउने अभिव्यक्ति दिएको भन्दै पौडेलले कारबाहीको माग गरेका हुन् ।

गठबन्धनको उमेदवारको प्रचारप्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बाहनामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उमेदवारलाई भोट हालेर जिताएमा मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति त्यहाँको ध्यानाकर्षण गराउन चाहन्छौं,’ उजुरीमा भनिएको छ ।

प्रधानमन्त्री दाहालले बुधबारको सभामा गठबन्धनका उमेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने आश्वासन दिएका थिए ।