काठमाडौं । सत्ता गठबन्धनका शिर्ष नेताहरु आज बारा जाँदैछन् ।
सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनका लागि उम्मेदवार बनेका छन् ।उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्वर २ मा आज ‘बृहत आमसभा’ राखेको छ । उनको पक्षमा चुनावी माहोल बनाउन आज बिहान ११ बजे बृहत आमसभा आयोजना गरिएको छ ।
उक्त आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुर महागढीमाई पुग्दैछन् । बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ ।
उपनिर्वाचनमा गठबन्धनबाट यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल लगायतका उम्मेदवार छन् ।