• जेष्ठ १३ २०८३, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक तथा बाह्य उडान-अवतरण अवरुद्ध

बैशाख ६ २०८०, बुधबार

काठमाडौं । भोलि (बिहीबार) बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट आन्तरिक तथा बाह्य उडान–अवतरणमा रोक लगाइएको छ ।
यस अवधिभर दुवैतर्फको उडान रोक लगाइएको उक्त विमानस्थलले जनाएको छ ।
विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई सुधार गर्न अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेकोले उडान अवरुद्ध हुने महानिर्देशक प्रतापबाबु तिवारीले बताए ।