• बैशाख २७ २०८३, आईतवार

संवैधानिक परिषद्को बैठक सुरु,प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुँदै

बैशाख ६ २०८०, बुधबार

काठमाडौँ । संवैधानिक परिषद्को बैठक सुरु भएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बैठक बसेकाे हाे । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल हुने बताइएको छ ।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै संवैधानिक परिषद्को बैठक बसेकाे हो ।

प्रमुख तीन दलका शीर्ष नेताबीच तत्काल प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा यसअघि नै सहमति जुटेको थियो ।