• जेष्ठ २७ २०८३, बुधबार

आजको मौसम:पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षा,तराईमा हावा-हुरी

बैशाख ६ २०८०, बुधबार

काठमाडौँ । हाल स्थानीय वायुको र पश्चिमी वायुको आंशिक प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पुर्वानुमान शाखाले जनाएको छ ।

त्यस्तै, आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू-भागहरूमा तुवाँलोको सम्भावना रहेको छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।