• जेष्ठ २७ २०८३, बुधबार

चलचित्र विकास बोर्डको प्रवक्तामा दाङका केएल बुढाथोकी नियुक्त

बैशाख ५ २०८०, मंगलवार

काठमाडौं । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य केएल बुढाथोकी नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका कामकारबाही तथा गतिविधिहरुलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास बोर्डसँग सम्बन्धित जानकारीलाई एकद्वार प्रणालीका आधारमा जानकारी गराउने जिम्मेवारीसहित सोमबार बसेको बोर्डको बैठकले बुढाथोकीलाई प्रवक्ता नियुक्त गरेको हो ।

विगत २५ वर्षदेखि कला, साहित्य र संचार क्षेत्रमा सक्रिय बुढाथोकीले थारु भाषाको सांस्कृतिक चलचित्र ‘भुइँयार’, कमलरी प्रथामा आधारित चलचित्र ‘लावाजुनी निर्माण गरेका छन् भने दर्जनजति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् ।

मोफसलमा रहेर चलचित्र निर्माण कार्यशाला, महोत्सव लगायत गतिविधिहरु नियमित संचालन गर्दै आएका बुढाथोकी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत हुन् । बुढाथोकीका आधा दर्जन साहित्यिक कृति, १ गीति एलल्बम प्रकाशित छन् ।
अभिव्यक्ति स्वतन्त्रता एवम् लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुढाथोकीले सैनिक हिरासत र निर्वासन भोगेका छन् ।