• बैशाख २७ २०८३, आईतवार

विदेश जाने नेपालीले २ वटा नागरिकता र पासपोर्ट राख्न पाउनु पर्छ : दुर्गा प्रसाईं

बैशाख ४ २०८०, सोमबार

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नेपाली युवाहरुले स्वदेशमै काम गर्ने वातावरण बन्नुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईंले लाखौं युवाहरु रोजगारीका लागि विदेश जानुपर्ने अवस्था रहेको र उनीहरु विदेशमा अलपत्र परिरहेको बताए । उनले नेपालका युवाहरु सवै विदेशमा जानुपर्ने अवस्था आएपछि यो देशको कहिल्यै विकास नहुने बताए ।

‘गाँस, बास र कपासका लागि युवाहरु विदेश जान बाध्य छन् । युवाहरुलाई स्वदेशमा रोजागारको व्यवस्था नभएसम्म यो देश बन्दैन’, प्रसाईंको भनाइ छ ।

उनले विदेशमा अलपत्र परेका १७० मध्ये ४२ जना आफूले नेपाल ल्याइसकेको भन्दै लघुवित्त र सहकारीको मनपरीविरुद्ध विभिन्न जिल्लामा कार्यक्रम रहेकाले साथ दिन आग्रह समेत गरे । उनले देशमा राज्यले काम गर्ने वातावरण नबनाएर विदेश जानुपर्ने बाध्यतामा रहेकाहरुलाई दुईवटा नागरिकता र पासपोर्ट राख्न पाउनुपर्ने बताए ।