• बैशाख २७ २०८३, आईतवार

भिम रावल र एमालेको वार्ता टोलीबीच छलफल

बैशाख ३ २०८०, आईतवार

काठमाडौँ । नेकपा एमालेको वार्ता टोली र नेता भिम रावलबीच आज राजनीतिक विषयमा छलफल भएको छ । एमालेले गठन गरेको वार्ता टोली र नेता रावलबीच आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा पहिलो पटक वार्ता भएको हो ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कणर् थापासँग नेता रावलको वार्ता भएको छ । आज खुलस्त वार्ता भएको र सकारात्मक वार्ताका लागि फेरि बस्ने सहमति भएको नेता रावलले जानकारी दिएका छन् ।

एमालेले रावलसँग वार्ता गर्न तीन सदस्सीय वार्ता टोली गठन गरेको लामो समयपछि उनीहरुबीच आइतबार पहिलो पटक छलफल भएको छ ।