काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यही महिनाको तेस्रो सातातिर भारत भ्रमण जाने भएका छन् । केही दिन पहिला भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेर दाहाललाई भारत भ्रमणको निम्ता दिएका थिए ।
दाहालले यही महिनाको तेस्रो साता भारत भ्रमण गर्ने योजना बनाएको बताइएको छ । फागुन १ मा भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।
उक्त भेटवार्तामा विदेश सचिव क्वात्राले भारत भ्रमणको निम्तो दिएका थिए तर, समय अभावका कारण दाहाल भारत नगएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमल्सेनाले जानकारी दिए ।
त्यसमा पुनः राजदूतले पनि निम्ता दिएकाले दाहालले भारत जाने तयारी गरेका हुन् तर, मिति भने तय भइनसकेको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिलसेनाले जानकारी दिए । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका दाहाल आफ्नो तेस्रो कार्यकालमा अहिलेसम्म विदेश भ्रमणमा गएका छैनन् ।