• बैशाख २७ २०८३, आईतवार

ढाकाकुमारले आफूलाई फसाए अरुको पनि नाम लिइदिन्छु भन्नु भयो : रवि लामिछाने

चैत्र २९ २०७९, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी र आफूसँगको कुराकानीमा बर्खास्त गरिएका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले आफैमा बाझिने कुरा गरेको बताएका छन् ।

सभापति लामिछानेका अनुसार श्रेष्ठले सो अडियो आफ्नो नभएको कुरा बारम्बार दोहोर्याए पनि आफू डुबे अरुलाई पनि डुबाउने धम्कीसमेत दिएको खुलाएका हुन् ।

बुधबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आजको केन्द्रीय समिति बैठकमा ‘मैले वा पार्टीबाट कसले पैसा मागेको हो ?’ भनेर प्रश्न गर्दा श्रेष्ठले प्रकाशित अडियो आफ्नो हुँदै नभएको र कसैले पनि पैसा नमागेको कुरा राखेको जानकारी दिए तर, समितिको बयानमा भने श्रेष्ठले ‘अडियो प्रकरणले मलाई फँसायो भने नाम लिइदिन्छु’ भनेर भनेको कुरा खुलाए ।
उनले भने,‘अर्को अडियोमा फेरि पुरानो अडियो वहाँकै भएको भन्ने यथेस्त प्रमाण देखिन्छ । अडियो होइन भने किन फोन गर्नुभयो भनेर भन्दा बचाईदिन्छ कि भनेर कुरा गरेँ भन्नुभयो तर उहाँले म डुबेँ भने अरुलाई पनि डुबाउँछु भन्नुभएको छ ।’

पार्टीले श्रेष्ठको साधारण सदस्य र समानुपातिक सांसद पद दुवै खारेज गर्ने निणर्य गरिसकेको छ । उनको स्थानमा विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने प्रक्रिया अघि बढाउने भएको छ । पार्टीको छाबिनले त्यो आवाज ढाकाकुमार श्रेष्ठकै भएको निष्कर्ष निकालेर नै उनलाई कारबाही गरेको पनि सभापति लामिछानेले स्पष्ट पारे ।

एउटा सांसदले कुनै अमुक व्यक्तिसित पैसा माग्नु नै पार्टीको विधान अनुसार कारबाही गर्नु यथेस्त कारण भएको उनको भनाई छ । ‘न उहाँ मन्त्री बन्ने लिस्ट हुनुहुन्थ्यो, न स्वास्थ्य मन्त्रालय नै हाम्रो थियो । बरु उहाँले बनाउनु हुँदैन भनेको मान्छे तोसिमा कार्की मन्त्री बन्नुभएको छ ।’ लामिछानेले स्पष्ट पारे ।