• बैशाख २७ २०८३, आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज

चैत्र २९ २०७९, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निणर्य गरेको छ ।
दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले उनको साधारण सदस्यता खारेज गर्ने निणर्य गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम उनको सदस्यता खारेज गर्ने निणर्य गरेको जानकारी दिए ।

पार्टीले उनको सांसद पद पनि खारेज गर्दै कानुन बमोजिम निर्वाचन आयोगमा बुझाएको सूची अनुसार विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने प्रक्रिया अघि बढाउने पनि पार्टीले निणर्य गरेको सभापति लामिछानले जानकारी दिए ।

त्यस्तै अडियो रेकर्डको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अधिकार सम्पन्न सरोकारवाला निकायले थालेको अनुसन्धानमा आवश्यक सहयोग गर्न पार्टी सदैव तयार रहेको उनको भनाई छ ।