काठमाडौं, चैत २८ । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पहिलो लेगको खेल खेल्न जर्मन क्लब बार्यन म्युनिखले आफ्नो टोली सार्वजनिक गरेको छ । प्रमुख प्रशिक्षक थोमस टुचेलले गत राति २२ जना खेलाडीलाई समावेश गर्दै टोली घोषणा गरेका छन् ।
बार्यनले सेमिफाइनल प्रवेशका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ । यस खेललाई क्वार्टर फाइनल चरणको सबैभन्दा ठूलो र आकर्षक खेल मानिएको छ ।
बार्यनले २ दिनअघि नै प्रमुख गोलकर्ता खेलाडी चुपो मोटिङले चोटका कारण सिटीसँगको खेल गुमाउने पक्का गरिसकेको थियो । मोटिङ बाहेक अन्य सबै खेलाडी सिटीविरुद्धको खेल खेल्ने टोलीमा समावेश भएका छन् ।
सिटीविरुद्धको खेलमा माथिस डि लिग्ट, जोसुवा किमिच, सर्जी गेनाब्री, लियोन गोरेट्जा, लिरोए साने, साडियो माने, किङ्स्ले कोमान, अल्फोन्सो डेभिस, जोआ कान्सेलो, थोमस मुलर, जमल मुसियाला लगायत सबै खेलाडी उपलब्ध हुनेछन् ।