• जेष्ठ १० २०८३, आईतवार

आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहित कार्यक्रम ल्याइने

चैत्र २८ २०७९, मंगलवार

काठमाण्डौ। अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको बताएको छ।

आज मङ्गलवार काठमाण्डौमा भइरहेको वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा विस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताएका हुन्।

उनले शाखा विस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि बताए।

उनले अनुसन्धानका शाखाहरु प्रादेशिक रुपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको बताए । उनले देशमा नसर्ने रोगहरुको पनि अनुसन्धान हुन जरुरी रहेको बताए ।

उनले अनुसन्धानका गतिविधिहरुलाई तीव्रता दिन पनि आग्रह गरे।