• बैशाख २७ २०८३, आईतवार

रास्वपाको अनुशासन आयोगको बैठक जारी, अडियो प्रकरणबारे छलफल हुँदै

चैत्र २८ २०७९, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बसेकाे छ । उक्त आयोगको बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु भएकाे हाे ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको अडियो बाहिरिएपछि सोबारे छानबिन गर्न बैठक बसेकाे छ ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ ।

व्यापारी प्रसाईसँग गरेको अडियो संवाद आफ्नो आवाज नभएको श्रेष्ठले दाबी गर्दै आएका छन् ।