• जेष्ठ १० २०८३, आईतवार

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

चैत्र २७ २०७९, सोमबार

काठमाडौं । नेकपा (एमाले) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमाले प्रदेश संसदीय दलका नेता यामलाल कडेँलले प्रदेश प्रमुखलाई पत्र लेख्दै आज (चैत २७) गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।

कर्णालीमा माओवादी केन्द्रका नेता राजकुमार शर्मा मुख्यमन्त्री छन् । तत्कालीन एमाले माओवादी गठबन्धनबाट शर्माको नेतृत्वमा सरकारमा सामेल भएको एमाले सरकारबाट बाहिरिइसकेको छ ।