• बैशाख २७ २०८३, आईतवार

`समन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरवारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो´

चैत्र २७ २०७९, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्रको फोहोर नउठाउन दिएको आफ्नो निर्देशन आवश्यक रहेकोले फोहोर नउठाइएको बताएका छन् ।

शाहले संघीय सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायत करिब सबै मन्त्रालयसँग आम जनसरोकारका काम गर्न समन्वय गरे पनि कार्यान्वयनमा समन्वय नगरेको भन्दै सो निर्णय लिएको सामाजिक सञ्जालमार्फत जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेको तस्वीरसमेत सेयर गर्दै समन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरवारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको प्रस्ट्याउदै स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका मुद्धा अगाडी नबढाएको तथा नसुनेको प्रति क्रुद्ध साहले देश विकेन्द्रीकरणको उच्चतम लोकतान्त्रिक व्यवस्था मानिने सङ्घीयतामा भए पनि न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने रहेको र त्यसो नहोस् भन्दै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्रको फोहोर नउठाउन दिएको आफ्नो निर्देशन आवश्यक रहेको बताए ।