• बैशाख २७ २०८३, आईतवार

सरकार र मिटरब्याज पीडितबीच वार्ता हुँदै, वार्ता आजै गर्ने तयारी

चैत्र २६ २०७९, आईतवार

काठमाडौं । न्यायका लागि काठमाडौं आएका मिटरब्याजी पीडितको दोस्रो टोलीसँग सरकारले वार्ताका गर्दैछ । आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिसँग सरकारले वार्ता गर्न लागेको हो ।

अवदेश कुशवाहको संयोजकत्वमा १८ सदस्यीय वार्ता टोली पीडितले बनाएका छन् ।

वार्ता टोलीमा ११ जिल्लाका समिति अध्यक्षसहित अन्य जिल्लाका पीडित र अभियन्ता नीर्ग नवीन छन् भने गृह मन्त्रालय शुक्रबार सहसचिव प्रदिपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएर पीडितलाई वार्तामा बोलाएको थियो ।