प्रेमचन्द्र झा, रौतहट । चुनावमा हात्ती–हात्तीको बलले कमिला–कमिलाको बलले लड्ने गरेको मान्यतालाई मधेस प्रदेश सरकारका सूचना तथा सञ्चार मन्त्रालय मातहतका आम सञ्चार प्राधिकरण जनकपुरधामसँग मेल खान गएको छ ।
गृहजिल्ला सप्तरीमा भारी मतले पराजय भोगीसकेका उपेन्द्र यादवको काँध थप्ने प्रयास आम सञ्चार प्रधिकरणले गरेको छ । मधेस प्रदेश सरकारको सत्ताको मुख्य हर्ताकर्तालाई बल दिन बाराका पत्रकारलाई लक्षित गरि चुनावको मुखमा कार्यक्रम सार्वजनिक गरि निर्वाचन आचार संहितालाई धज्जी उडाने काम भएको छ ।
सो किसिमको कुनै पनि कार्यक्रम रौतहटमा नपारी गठबन्धनका उमेदवार उपेन्द्र यादवको पक्षमा बाराका पत्रकारलाई प्रभावमा पार्ने काम गरेको सहजै बझन सकिन्छ ।
दलीय चिन्तन तथा नेताको भजन मन्डलीको बारम्बार आरोप खेपिरहेका मिडिया प्राधिकरणको गलत निर्णय तत्कालै सच्याउन रौतहटका पत्रकारहरुले सम्बन्धित पक्षसँग अनुरोध गरेका छन् ।
कोभिड–१९ मा मधेस प्रदेश भरीमा रौतहटका दुईजना पत्रकार मनोज चौधरी र रामादेवी यादवको मृत्यु हुँदा आमसञ्चार प्राधिकरण तथा मधेश सरकारले चरम बेवास्ता गरेका थिए ।
नेपाल पत्रकार महासंघ रौतहटका पदाधिकारी तथा पीडित पक्षले स्वयम् पटक पटक आग्रह अनुनय विनय गर्दा समेत नसुन्ने आमसञ्चार प्राधिकरण कुन नियतले निर्वाचन आचार संहिता लागेको बेलामा यस्ता विभेदकारी सूचना प्रकाशन गरेका छन् ।
रौतहट जिल्लालाई कुनै कार्यक्रममा न पारी विभेद नगरी के संदेश दिन खोज्दै छन् । विभेदको चरम सिमापार गरेकोले खेद व्यक्त गर्नु सिवायअरु के भन्न सकिन्छ । आमसञ्चार प्राधिकरण स्थापना कालदेखि रौतहटका पत्रकारसँग बारम्बार सौतेला व्यवहार गरेको धेरै उदाहरण छन् ।
ब्रेन ट्युमरको उपचारमा भारतको नयाँ दिल्लीमा उपचारमा रहेका पत्रकार रामपुकार राउत तथा काठमाडौं उपचारमा रहेका पत्रकार फणिदेव महतका बारेमा कहिल्यै न सोच्ने सहयोग नगर्ने आम सञ्चार प्राधिकरण र पदाधिकारीलाई के भन्छन मधेश प्रदेशका पत्रकार नेता जस्तै तपाईंहरुको सतारोहन तलब, भत्ता तथा सुखसयलकै लागि भएको हो ।
यस्ता विभेदकारी नीति लिई चल्ने पदाधिकारीलाई आफनो गलत क्रियाकलाप तत्काल सच्याउन पत्रकारहरुले माग गरेका छन् ।