काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगर क्षेत्रमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् ।
कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै मेयर साहले ती संरचना आफैं हटाउन निर्देशन दिएका हुन् ।
अहिले महानगरले फुटपाथमा व्यापार गर्न रोकेको र त्यो सर्वसाधारणका लागि मात्रै नभएको बताउँदै प्रहरी बिट पनि हटाउन मेयर साहले भनेका छन् ।
‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला,’ मेयर साहले भनेका छन्, ‘नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’