काठमडौँ। सर्पले डसेर दाङको तुलसीपुरमा एक जना बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ढकनाका ११ वर्षीय छवि चौधरीको सर्पले डसेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो।
घरको आँगनमा खेल्दै गरेको बल बारीमा पुगेपछि लिन जाँदा उनको औँलामा डोमनी प्रजातिको सर्पले डसेको थियो ।
सर्पले डसेपछि गम्भीर बिरामी भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।