• बैशाख २७ २०८३, आईतवार

वार्ता गर्न गृहमन्त्री शान्ति बाटिका आउनु पर्ने मिटरब्याज पीडितले राखे अडान

चैत्र २३ २०७९, बिहीबार

काठमाडौं। आन्दोलनरत मिटरब्याज पीडितहरुले शान्तिबाटिकामा आएर वार्ता गरी समस्या सम्बोघन गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् ।

मिटरब्याज पीडितसँग छलफल गर्न पुगेका गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले समस्या समाधानका लागि आयोग गठन भइसकेको भन्दै थप छलफल गर्न मन्त्रालयमा आउन आग्रह गरेका थिए ।

१८ चैतमा मात्र सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गरेको थियो । उक्त सहमति अनुसार सरकारले आयोग गठन गरेको छ ।

तर त्यो सहमतिलाई अपुरो भन्दै मिटरब्याज पीडितको अर्को समूहले आएर काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।