• जेष्ठ १० २०८३, आईतवार

सन्दीप लामिछानेविरुद्धको मुद्दा: आज अन्तिम सुनवाइ हुँदै

चैत्र २२ २०७९, बुधबार

काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।

यसअघि कडा सर्त राखेर उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो भने सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट टुङ्ग्याउन आदेश दिए पछि जिल्ला अदालतले आज पेशी तोकेको हो ।