काठमाडौं । मधेश सरकारमा रहेका एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् ।
मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चार मन्त्रीमा शत्रुधनप्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए ।
उनीहरु सबैले राजीनामा दिएका हुन् । सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर एमालेका मन्त्रीहरुलाई राजीनामा बुझाउन भनेका थिए । २७ पुसमा एमालेले समर्थन दिएपछि जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
पुस २९ गते मुख्यमन्त्रीसँगै एमालेका संसदीय दलका नेता सरोज यादव मन्त्रीको सपथ लिएका थिए । एमालेबाट अन्य तीन मन्त्री र राज्यमन्त्रीले भने माघ २० गते सरकारमा सहभागी भएका थिए ।