• बैशाख २७ २०८३, आईतवार

अर्को चुनावबाट एकल बहुमतको सरकार बनाउँछौं : लामिछाने

चैत्र २१ २०७९, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । चितवन क्षेत्रनम्बर २ मा वैशाख १० मा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने दाबी गरे ।

६ महिनामा २० सिट जितेको भन्दै उनले भने, ‘५ वर्षमा दुई तिहाइ हुनसक्छ ।’ चुनावी घरदैलोका क्रममा उनले उपचुनाव हुन लागेका तीनवटै क्षेत्रमा जित्ने दाबी गरे ।

सरकारमा गएको विषयमा उठेको प्रश्नको पनि उनले जवाफ दिएका छन् । सरकारमा बस्दा पनि प्रचण्ड, ओली र देउवाको सेवा नगरेको, जनताको काम गरेको उनले बताए । ३२ दिन सरकारमा बस्दा काम देखाउन आफूले कोसिस गरेको भन्दै उनले भने, ‘१०० दिन पाएको भए तपाईंले देख्नुहुन्थ्यो कति जना भ्रष्टाचारी जेल जान्थे ।’