जनकपुरधाम । प्रतिपक्ष एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।
एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।
मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ । एमाले हटेपछि सरकारमा कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ । मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।