• जेष्ठ १० २०८३, आईतवार

कर्णाली राजमार्गमा जिप दुर्घटना, १४ घाइते

चैत्र २० २०७९, सोमबार

काठमाडौं । दैलेखमा बोलेरो जिप दुर्घटना भएको छ । सोमबार दिउँसो १ज५५ नम्बरको जिप आठबिस नगरपालिका-१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।

सुर्खेतबाट कालिकोटका लागि छुटेको उक्त जिपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।