काठमाडौं । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले तनहुँ १ मा हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उनको प्रस्तावकमा एमालेकी भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन् । राना मंसिर ४ मा भएको निर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलका प्रतिस्पर्धी थिए । उनी पराजित भएका थिए ।
१० बैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ । तनहुँमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णीम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।