• जेष्ठ १० २०८३, आईतवार

ट्यांकर दुर्घटना हुँदा १ जनाको मृत्यु

चैत्र २० २०७९, सोमबार

चितवन । चितवनको इच्छाकामना गाउँपालिका ४ लेवटारमा आइतबार बिहान ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मुग्लिङबाट काठमाडाैंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो ।

दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको भने भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।