• बैशाख २७ २०८३, आईतवार

आज उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने

चैत्र २० २०७९, सोमबार

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने भएको छ ।

तनहुँ क्षेत्र नम्बर-१, चितवन क्षेत्र नम्बर-२ र बारा क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनको उम्मेदवारी मनोनयनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता गर्न सकिनेछ ।