• बैशाख २७ २०८३, आईतवार

कांग्रेसले गोविन्दराज जोशी र विकास कोइरालालाई गरिएको काराबाही फिर्ता लियो

चैत्र १९ २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेस कार्य सम्पादन समितिले बारा, तनहुँ र चितवनका अनुशासनको कारबाही परेका नेता/कार्यकर्ताको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसम्पादनको बैठकले २०७९ अघिको निर्वाचनमा गरिएको अनुशासन उलंघलनलाई माफी दिने निर्णय गरेको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

उनले भने, ‘२०७९ को स्थानीय र आमनिर्वाचनको क्रममा अनुशासन उल्लंघन गरेर काबाही गरिएका बाहेकको यी तीन जिल्लाको हकमा कारबाही फिर्ता गरिने निर्णय लिइएको छ ।’

कांग्रेसको उक्त निर्णयले तनहुँमा २०७९ को निर्वाचनअघि नै अनुशासनको कारबाही भोगेका गोविन्दराज जोशी समेतले उन्मुक्ति पाएका छन् । २०७४ सालमा रामचन्द्र पौडेलबिरुद्ध उम्मेदवारी दिएका थिए । उनलाई २०७५ सालमा अनुशासनको कारबाही गरिएको थियो ।