• बैशाख २७ २०८३, आईतवार

प्रतिनिधिसभा सदस्य अन्सारीले लिइन् शपथ

चैत्र १९ २०७९, आईतवार

काठमाडौँ। जनता समाजवादी पार्टीमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीले शपथ लिएकी छन् ।

सभामुख देवराज घिमिरेले आइतबार सिंहदरबारमा अन्सारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट जसपा नेपालको समावेसी समूह, मुस्लिम–महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको हो ।

शपथपछि अन्सारीले प्रतिनिधि सभा सदस्यका रुपमा आफूले राज्यप्रति इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन् ।