काठमाडौं। काठमाडौं–दुबई उड्ने नेपाल एयरलाइन्सको वाइडबडी जहाजको उडान रोकिएको छ ।को–पाइलटको स्वास्थ्यमा समस्याभ हुँदा उडान रोकिएको हो ।
उक्त उडान रोकिँएकाले दोहोरो उडानका गरि ५४३ भन्दा बढी यात्रुहरुलाई समस्या परेको छ ।निगमका अनुसार शनिबार राति १२ बजे उडान नम्बर– आरए२२९ मार्फत उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रु थिए । तर उडान भर्नुअघि जहाजका को–पाइलटलाई पखाला लागेपछि उडान रद्द गरिएको हो ।
उक्त विमानका लागि क्याप्टेन योगेश हिराचन र को–पाइलट गोपालसिंह विष्टको तालिका थियो । तर को पाइलट विष्टलाई बेस्सरी पखाला लागेको कारण उनी उडान भर्न समर्थ रहेको बुझिएको छ ।
उनले जहाजमा उपलब्ध हुने खानाले ‘फुड प्वाइजन’का कारण पखाला लागेपछि ‘सिक रिपोर्ट’ दिएका थिए ।
अहिले ती यात्रुहरु सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको जनाइएको छ । यो अवस्थामा निमगले अर्को को पाइलटको व्यवस्था नगर्दा यात्रुहरु आक्रोशित बनेका छन् ।
यहि समस्याले गर्दा दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान पनि प्रभावित भएको छ ।
निगमले अन्य पाइलटहरुलाई पहल गर्दा पनि कोही अन्य ड्युटिमा रहेको र कोही मदिरा पिइसकेको भनिएपछि उडान रोक्न बाध्य भएको जवाफ प्राप्त भएको बताइएको छ ।